September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

राष्ट्रपतिद्वारा प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

राष्ट्रपतिद्वारा प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

फागुन ७, काठमाडौं ।
प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा झालाई नियुक्त गरेकी हुन् । उनले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम रौतहटका झालाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसअघि राष्ट्रपति भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखबाट तिलक परियारलाई पदमुक्त गरेकी थिइन् । प्रदेश २ का प्रदेश प्रमुखलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा पदमुक्त गरेकी हुन् । राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषदबाट सिफारिस भएअनुसार संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख बमोजिम परियालाई पदमुक्त गरिएको हो । प्रदेश प्रमुख परियार तत्कालीन नेकपामा माओवादीका नेता हुन् ।२०६४ सालको संविधान सभा निर्वाचनमा उनी बाँकेबाट निर्वाचित सांसद थिए ।

Advertisement