March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

प्रदेश १ मा मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश

प्रदेश १ मा मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश

फागुन ९, काठमाडौं ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ । आज बसेको प्रदेश संसद बैठकमा राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गरिएको हो । उनीविरुद्ध इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव पेश गरेका हुन्।

नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली २०७४ को १२९ (१) बमोजिम मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेश भएको हो । राईविरुद्ध प्रचण्ड–माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । आइतबार बैठकअघि मुख्यमन्त्री शेरधन राईले सभामुखलाई पत्र पठाएर अविश्वासको प्रस्तावलाई कार्यसूचीमा नराख्न र बैठक स्थगित गर्ने भनेका थिए।

तर सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित नगरेपछि उक्त बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेश गरिएको हो । ओली समूह (मुख्यमन्त्री राई समूह)का सदस्य बैठकमा सहभागी भएका थिएनन् । प्रस्ताव पेस भएसँगै बैठक २० फागुनसम्मका लागि स्थगित भएको छ ।

Advertisement