September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

प्रचण्ड–माधव पक्षले ५०–५० प्रतिशतको भागबण्डा गर्ने

प्रचण्ड–माधव पक्षले ५०–५० प्रतिशतको भागबण्डा गर्ने

काठमाडौं ।
प्रचण्ड–माधव पक्षका शीर्ष नेताले खाली भएका स्थानमा आधा आधा भागबण्डा गर्ने भएका छन् । दुबै नेताबीच ‘पार्टी कमिटी एवम् जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’ मा हालै हस्ताक्षर गरेका छन् । उनीहरुले ९ बुँदे मापदण्डका आधारमा संगठनात्मक संरचनालाई पूर्णता दिने सहमति गरेका हुन् ।

जसमा नेकपाका विभिन्न कमिटीहरुमा अब दुबै पक्षको ५०–५० प्रतिशत भागबण्डाका आधारमा नियुक्ति गरिनेछ । प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम् पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरु नियुक्त गरिने छ ।

Advertisement