May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

कञ्चनपुर जाँदै प्रधानमन्त्री ओली, सुरक्षा व्यवस्था कडा

कञ्चनपुर जाँदै प्रधानमन्त्री ओली, सुरक्षा व्यवस्था कडा

फागुन १०, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार महेन्द्रनगर जाँदैछन् । दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री कञ्चनपुर आउन लागेका हुन् । सोमबार प्रधानमन्त्री ओली जाने कुरालाई ध्यानमा राखेर आइतबारदेखि नै जिल्लाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रहरीले जनाएको छ । करिब १२ सयको हाराहारीमा सुरक्षाकर्मी खटिएका छन् ।

प्रधानमन्त्री ओली आज काठमाण्डुबाट श्रीएयरलाइन्सको पहिलो उडानमार्फत धनगढी विमानस्थलमा अवतरण गर्ने कार्यक्रम तय भएको नेकपाले जनाएको छ । त्यसपछि उनि नेपाली सेनाको हेलीकोप्टर मार्फत उनी कञ्चनपुर जाने कार्यक्रम रहेको छ । कार्यक्रमस्थल नजिकै हेलीप्याड समेत स्थापना गरिएको छ । प्रधानमन्त्री ओलीले दिउँसो १ बजे दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने छन् ।

Advertisement