September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

प्रचण्ड–माधव पक्षको ६५ जिल्ला नेतृत्व चयन (सूचीसहित)

प्रचण्ड–माधव पक्षको ६५ जिल्ला नेतृत्व चयन (सूचीसहित)

फागुन १०, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले ६५ जिल्लाको नेतृत्व चयन गरेको छ । गत माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार केन्द्रीय सचिवालयले जिल्ला अध्यक्ष र सचिव चयन गरेको हो । पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्तस्थानपूर्ति तथा एकीकरणका लागि आधा–आधा पद बाँडफाँड गर्ने सहमतिअनुसार नेतृत्व चयन गरेको हो ।

जसअनुसार तत्कालिन एमालेले ३३ र तत्कालिन माओवादीले ३५ वटा जिल्लामा नेतृत्व पाएको छ । बाँकी रहेका ९ जिल्लामा प्रदेशका पदाधिकारीहरूले परामर्श गरेर यथाशीघ्र नाम सिफारिस गर्ने नेकपा प्रचण्ड–माधव पक्षले जानकारी दिएको छ । प्रचण्ड–नेपाल समूहले तत्कालिन एमाले र माओवादीलाई ५०–५० का आधारमा नेतृत्व बाँडफाँड गर्ने सहमति गरेका छन् । madhab-nepal-prachanda

Advertisement