March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

पारिवारिक जमघटबीच प्रधानमन्त्रीले ओलीले मनाए ७० औं जन्मदिन

फागुन ११, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो ७० औं जन्मदिन मनाएका छन् । ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आफ्नो जन्मदिन मनाएका हुन् । जन्मदिनको कार्यक्रममा उनका बुवा मोहनप्रसाद ओली, पत्नी राधिका शाक्यलगायत केही आफन्त उपस्थित भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीेको वि.सं. २००८ फागुन ११ गते तेह्रथुमको इवा गाउँमा जन्म भएको हो । ७० वर्षमा प्रवेश गरेका प्रधानमन्त्री ओलीलाई बुवा मोहनप्रसादले टीका लगाइदिँदै आशीर्वादसहित जन्मदिनको शुभकामना दिएका छन् ।

Advertisement