September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

अदालतको फैसला सुन्दा रोगै हराएजस्तो भयोः पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई

अदालतको फैसला सुन्दा रोगै हराएजस्तो भयोः पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई

११ फागुन, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रको रक्षा गरेको प्रतिकृया दिएका छन् । उपचारका लागि भारतको दिल्लीमा रहेका भट्टराईले ट्विटरको माध्यमद्धारा अदालतको फैसला सुन्दा रोगै हराएजस्तो भएको ट्विट गरेका छन् ।


उनले समाजिक संजालमा लेखेका छन् –‘कस्तो सुखद् संयोग ! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदै गर्दा मन चाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो । हिन्दु मिथको भष्मासुरलाई विष्णुले मोहिनी रुप धारण गरेर वध गरे झै सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झै भयो ।’

Advertisement