May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

‘अदालतले निष्पक्ष, स्वतन्त्र र प्रभावकारी रुपमा निर्णय गर्न सक्ने प्रमाणित भएको छ,–नेता सिटौला

काठमाडौँ । काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले सर्वोच्च अदालतले एकपल्ट न्यायलयले जनतालाई न्याय दिन सक्छ भन्ने प्रमाणित गरेको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसला गरेपछिको प्रतिकृया दिदै नेता सिटौलाले इतिहासमा एकपल्ट फेरि अदालतले निष्पक्ष, स्वतन्त्र र प्रभावकारी रुपमा निर्णय गर्न सक्छ भन्ने प्रमाणित भएको बताएका छन् । उनले संसद् पुनःस्थापनाको निर्णयबाट न्यायपालिका संविधान र लोकतन्त्रको रक्षा गर्न सक्छ भनेर प्रमाणित गरेको बताए ।


सिटौलाले भने,–‘सर्वोच्च अदालतको निर्णयले अदालतले निष्पक्ष, स्वतन्त्र र प्रभावकारी रुपमा निर्णय गर्न सक्छ भन्ने प्रमाणित गरेको छ, प्रधानन्यायाधीश लगायत संवैधानिक इजलासमा बस्ने सबैलाई म बधाई दिन चाहान्छु ।’

Advertisement