September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

बालुवाटारमा ओलीले बोलाए स्थायी कमिटिको बैंठक

बालुवाटारमा ओलीले बोलाए स्थायी कमिटिको बैंठक

काठमाडौं ः प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएका छन् । सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक निर्णयलाई बदर गरेसँगै ओली पक्ष छलफलमा जुटेको हो ।


आज विहान ११ बजे बालुवाटारमा काठमाडौंमा उपलब्ध नेताहरुलाई प्रधानमन्त्री ओलीले बोलाएको नेता सुवास नेम्वाङले बताए । उनका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।छलफलमा ओलीले अप्ठेरो अवस्थामा अव कसरी अगाडि बढने भन्ने रणनीति बनाउँने बुझिएको छ । हिजो सर्वोच्च अदालतले विघटन बदर गर्ने फैसला गरेपछि प्रधानमन्त्री ओली अहिले नैतिक संकटमा रहेका छन् । पार्टीको विवादका कारण प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि सत्तारुढ दल नेकपा दुई खेमामा छ ।

Advertisement