May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

कांग्रेस सभापति देउवासँग भेटवार्ता गर्दै दाहाल–नेपाल

कांग्रेस सभापति देउवासँग भेटवार्ता गर्दै दाहाल–नेपाल

फागुन १२, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् । दाहाल नेपाल सभापति देउवालाई भेट्न देउवानिवास बूढानीलकण्ठ जाने भएका हुन।

Advertisement

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसंगै प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्तावमार्फत हटाउने तयारीमा जुटेको दाहाल–नेपाल समूहले नयाँ सरकारको समीकरण बनाउन देउवासँग भेट्न लागेको स्रोतले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको प्रचण्ड–नेपाल पक्ष र नेपाली काँग्रेसले सो कदमलाई असंबैधानिक भन्दै आन्दोलन गरेको थियो ।

Advertisement

प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेकपाको प्रचण्ड समूहसँगै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नागरिक समाजहरूले खुसियाली मनाएका छन्। तर, प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपाको ओली समूह र राप्रपाले भने अदालतको अनपेक्षित निर्णय भनेको छ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते ताजा जनादेशमा जाने भन्दै प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गरेका थिए। सोही दिन राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। उनले आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचनको मितिसमेत तोकेकी थिइन्।