March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

सर्वोच्चको फैसला कार्यान्वयन गर्ने ओली पक्षको निर्णय

सर्वोच्चको फैसला कार्यान्वयन गर्ने ओली पक्षको निर्णय

फागुन १२, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि अब के गर्ने भन्नेबारे सामूहिक निर्णय गर्न ओली समूहले बैठक बोलाएको हो ।

Advertisement

प्रधानमन्त्री ओली निवाश बालुवाटारमा आज दिउसो बसेको स्थायी समिति बैठले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । सर्वोच्चको संवैधानिक इजलासबाट गरिएको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

Advertisement

प्रवक्ता ज्ञवालीले भने ’नेकपा शक्तिपृथकीकरण, लोकतन्त्रका आधारभूत मूल्य मान्यता र विधिको शासनमा विश्वास गर्ने पार्टी हो । हिजो संवैधानिक इजलासबाट गरिएको फैसलालाई हामीले कार्यान्वयन गर्ने निर्णय गरेका छौं,’ उनले थपे, ’अहिले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने, सम्मान गर्ने हिसाबले अगाडि बढ्छौं । छिट्टै पार्टी केन्द्रीय कमिटी र संसदीय दलको बैठक पनि बोलाउँछौं ।’

आवश्यक परामर्शपछि मात्रै प्रधानमन्त्री ओलीले राजीनामा दिने वा नदिनेबारे निर्णय लिने उनले बताए । ‘मुलुकलाई कसरी राजनीतिक निकाश दिने भन्नेबारे हामी छलफलमै छौं, जे गर्दा देशका लागि सहज हुन्छ प्रधानमन्त्रीले त्यही गर्नुहुन्छ।’ नेता ज्ञवालीले भने आजको बैठकले संसदीय दलको बैठक र पार्टी केन्द्रीय समितिको बैठक पनि बोलााउने निर्णय गरेको छ ।