January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

रुपन्देहीमा एमाले नेपाल–खनाल समूहको समानान्तर कमिटी गठन

रुपन्देहीमा एमाले नेपाल–खनाल समूहको समानान्तर कमिटी गठन

चैत ३१, काठमाडौं ।
नेकपा एमालेको माधव नेपाल समूहले रुपन्देहीमा पनि समानान्तर जिल्ला कमिटी गठन गरेको छ । नेपाल–खनाल समूहले मंगलबार राजु गुरुङको अध्यक्षतामा २ सय ५ सदस्यीय समानान्तर कमिटी निर्माण गरेको हो । कमिटीको उपाध्यक्षमा पुरूषोत्तम घिमिरे, सचिवमा जागेश्वरदेवी चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराईलाई जिम्मेवारी तोकिएको छ । त्यस्तै, बैठकबाट एमाले रुपन्देही कमिटीको पुनर्गठन गरिएको अध्यक्ष गुरूङले बताए ।

क्षेत्रीय कमिटी, पालिकास्तरीय इन्चार्ज र जनवर्गीय संगठनमा संयोजक समेत तोकिएको उनले बताए । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसालको उपस्थितिमा नेपाल पक्षले जिल्ला कमिटी घोषणाा गरेको हो । यसअघि खनाल नेपाल पक्षले लुम्बिनी प्रदेशका ४ जिल्लाहरुमा समानान्तर कमिटी घोषण गरेको थियो । सवैभन्दा पहिले अर्घाखाँची जिल्लामा समानान्तर कमिटी बनाएको एमालेले नवलपरासी, बाँके, प्युठान पुनर्गठन गरिसकेको छ ।

Advertisement