January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकः के के भए छलफल ?

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकः के के भए छलफल ?


प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आयोजना गरेको सर्वदलीय बैठकमा कोरोना नियन्त्रण, उपनिर्वाचन उपनिर्वाचन र संसदमा अड्किएको विधेयकबारे छलफल केन्द्रीत भएको सहभागी नेताले बताएका छन् । बैठकमा प्रधानमन्त्री ओलीले एमसीसीलाई छलफलको विषय बनाउन सभामुख अग्नि सापकोटाले नमानेको आरोप लगाएका थिए ।

Advertisement


त्यसपछि काँग्रेस लगायतका दलले सो विषय संसदमा अड्काएर राख्न नहुने भन्दै त्यसलाई निर्णयार्थ पेश गरिनुपर्ने धारणा राखेका थिए । बैठकमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी काँग्रेस सरकारकै पालामा आएकाले सो विषयलाई अड्काएर राख्न नहुने सुझाव दिएका थिए । यस्तै प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको पद पूर्ति गर्न उपनिर्वाचन गर्नेबारे पनि सहमति भएको छ ।

Advertisement

निर्वाचन आयोगले तोकेको समयमा चुनावमा सहभागी हुन सकिने धारणा दलहरुको थियो । काँग्रेसले भने भदौमा पार्टीको महाधिवेशन हुने भएकाले त्यसबारे भने विचार गर्न आग्रह गरेको थियो । बैठकमा प्रधानमन्त्री ओलीले सरकार राष्ट्रियताको सवालमा स्पष्ट रहेको भन्दै त्यसबारे ढुक्क रहन आग्रह गरेका थिए । यस्तै पछिल्लो समय राजनीतिक प्रणालीलाई कमजोर पार्ने प्रवृत्ति देखिएको भन्दै त्यसबारे पनि प्रधानमन्त्रीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।

बैठकमा नेकपा माओवादी केन्द्र र एमालेकै माधव नेपाल–झलनाथ खनालको सहभागिता रहेन भने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि बैठकमा गएनन् । जसपाले पार्टीलाई बैठकबारे आधिकारिक निम्ता नआएको जसपाका अध्यक्ष उपेन्द्र यादव समेत सामेल भएनन् । आधिकारिक रुपमा नबोलाइएको भनिएपनि जसपाबाट महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण भने सहभागि थिए । बैठकमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पुर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण सहभागी थिए । यसका अलावा राप्रपा, नेमकिपा र जनमोर्चाको प्रतिनिधि सहभागी रहेका थिए ।