April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

शाहीलाई विश्वासको मत दिने एमाले संसदलाई मन्त्रीपद उपहार

शाहीलाई विश्वासको मत दिने एमाले संसदलाई मन्त्रीपद उपहार

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूलाई विश्वासको मत दिने चार मध्ये तीन संसदलाई मन्त्री पद दिने भएका छन् । एमालेका ४ सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएसँगै शाहीको मुख्यमन्त्री पद जोगिएको थियो । उनले एमालेको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेर आफूलाई विश्वासको मत दिने सांसदहरू नन्दसिं बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई मन्त्री पद उपहार दिएका हुन् ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार मुख्यमन्त्री शाहीले बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, थापालाई भौतिक पूर्वाधार विकास मन्त्री र शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनाएका छन् । फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएपछि एमालेले चारै जनालाई कारबाही गरेको छ । बुढा, थापा र शाहीलाई साधारण सदस्य र सांसदसमेत नहरने गरी पार्टीबाट एमालेले निष्कासित गरेको छ । ज्वालालाई निष्कासित गर्न केन्द्रलाई सिफारिस गरेको छ ।

Advertisement