April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

कांग्रेसको कार्यसमिति बैठक बस्दै, के के छन् त एजेण्डा ?

कांग्रेसको कार्यसमिति बैठक बस्दै, के के छन् त एजेण्डा ?


काठमाडौं । नेपाली कांग्रेसले समसामयिक विषय र आसन्न १४ औं महाधिवेशनको विषयमा छलफल गर्न कार्यसमिति बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा राजनीतिक एजेन्डासँगै महाधिवशेनको कार्यतालिकाका विषयमा छलफल हुने नेता विश्वप्रकाश शर्माले जानकारी दिए ।

Advertisement


यसका अलावा बैठकमा शनिबार भएको सर्वदलीय बैठक, केन्द्रदेखि प्रदेशसम्मको सत्ता समितिकरण लगायत विषयमा छलफल हुने छ ।
नयाँ सरकार बनाउन कांग्रेस सहित माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव खेमा लागि परेको छ । जसपा कै महन्थ ठाकुर र राजेनद्र महतो खेमा भने ओली सरकारलाई नै समर्थन गर्ने मनस्थितिमा छ । यस्तो अवस्थामा पाटीले कस्तो भूमिका खेल्ने बारेमा पनि आजको बैंठकले निर्णय लिने छ ।

Advertisement


यस्तै १४ औं महाधिवेशनको कार्यतालिका अन्तर्गत कै क्रियाशील सदस्यता दर्ताको विषयमा पनि छलफल हुने नेता पौडेलले बताए । गत चैत मसान्तसम्ममा क्रियाशील सदस्यता दर्ता प्रक्रिया सक्ने भने पनि हालसम्म ६ लाखको नाम मात्र दर्ता भएको छ । भदौमा जसरी पनि महाधिवेशन गर्नुपर्ने बाध्यकारी व्यवस्था भएकाले अब कार्यतालिका केही संशोधन गरेर भएपनि फास्ट ट्रयाकबाट काम गर्नुपर्ने अवस्थामा काग्रेस छ । ९ लाख क्रियाशील सदस्य थप्ने लक्ष्य रहेको कांग्रेसले सोही अनुसार क्रियाशील सदस्यको नाम दर्ता गर्न अझै समय थप्न पर्ने अवस्था भएकाले यस बारेमा समेत छलफल हुने छ ।


यसअघि चैत २१, २७ र ३० गते बोलाएको बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल नभएपछि सर्दै आएको थियो । कांग्रेसले राजनीतिक विषयमा छलफल गर्न भन्दै यसअघि पटक÷पटक बोलाएका बैठक कार्यसूचीमा प्रवेश नै नगरी सकिएका थिए । शर्माका अनुसार कार्यसूचीमा भएका कुराहरुले आज भने सर्थकता पाउने छन् ।