राष्ट्रियसभाको निर्वाचनमा तालमेल गर्न नेकपा र राजपाबीच दुई बुँदे सहमति
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)बीच राष्ट्रियसभाको निर्वाचनमा एकले अर्कोलाई सहयोग गर्ने भएका छन् । यस विषयमा बुधबार नेकपा र राजपाबीच दुई बुँदे सहमति भएको छ । दुई दलका शिर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा राष्ट्रियसभाको प्रदेश २ अन्तर्गतका सिटको बाँडफाँट भएको हो । सहमतिअनुसार रिक्त ४ स्थानमध्ये २ मा नेकपाले राजपाका उम्मेदवारलाई सहयोग गर्नेछ भने २ मा राजपाले नेकपा उम्मेदवारलाई सहयोग गर्नेछ । राष्ट्रियसभामा प्रदेश २ का ८ मध्ये चार सिट २० फागुनबाट खाली हुँदैछ । दुई पार्टीबीच राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नियमित छलफल गर्ने र सहकार्य गर्ने सहमतिसमेत भएको छ ।
प्रतिकृया दिनुहोस्