March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठक बस्दै

वैशाख १५, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । आजको बैठकमा पार्टीको १४ औँ महाधिवेशन सँग सम्बन्धित एजेण्डा रहेको बताइएको छ । यसअघि केन्द्रीय कमिटी सदस्यहरुको पिसिआर गरेर मात्रै बस्नेगरी बैठक आजसम्मका लागि स्थगित भएको थियो ।

कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम केसीका अनुसार बैठक बस्ने भएपछि कांग्रेस केन्द्रीय कार्यसमिति र कार्यालयका कर्मचारी गरी १२९ जनाको कोभिड–१९ परीक्षण गरिएको थियो । जसमा दुई कर्मचारीलाई कोभिड १९ पुष्टि भएको छ । उनीहरु होम आइसोलेसनमा छन् ।

Advertisement