March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

कांग्रेसका नेता र कर्मचारीमा कोरोना, केन्द्रीय समिति बैठक स्थगित

कांग्रेसका नेता र कर्मचारीमा कोरोना, केन्द्रीय समिति बैठक स्थगित

वैशाख १५, काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ र केन्द्रीय कार्यालयका कर्मचारीलाई कोरोना पोजेटिभ देखिएपछि कांग्रेस केन्द्रीय समितिको बुधबार बस्ने बैठक स्थगित भएको हो । पछिल्लो राजनीतिक अवस्था र आसन्न १४ औं महाधिवेशनको तयारीका विषयमा छलफल गर्न कांग्रेसले बुधबार केन्द्रीय समितिको बैठक बोलाएको थियो ।

यसअघि केन्द्रीय कमिटी सदस्यहरुको पिसिआर गरेर मात्रै बस्नेगरी बैठक आजसम्मका लागि स्थगित भएको थियो । कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम केसीका अनुसार बैठक बस्ने भएपछि कांग्रेस केन्द्रीय कार्यसमिति र कार्यालयका कर्मचारी गरी १२९ जनाको कोभिड–१९ परीक्षण गरिएको थियो । जसमा दुई कर्मचारीलाई कोभिड १९ पुष्टि भएको हो । उनीहरु होम आइसोलेसनमा छन् ।

Advertisement