April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

वागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार

वागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार

वैशाख १५, काठमाडौं ।
वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । पौडेलले आफ्नो नेतृत्वमा ४ जना प्रदेश सभा सदस्यलाई मन्त्रिपरिषदमा प्रवेश गराउन सिफारिस गरेका हुन् । पौडेलको विस्तारित मन्त्रिपरिषदमा आन्तरिक मामिला तथा कानूनमन्त्रीको जिम्मेवारी केशव पाण्डेले पाएका छन् । त्यस्तै उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रीमा सरेश नेपाल, सामाजिक विकास मन्त्रीमा सरस्वती बस्नेत र सामाजिक विकास राज्यमन्त्रीमा डा. रामकुमार अधिकारीलाई सिफारिस गरेका हुन् ।

४ जना मन्त्रीहरुको आज साँझ ४ बजे पद तथा गोपनियताको सपथ गराइने तय भएको वागमती प्रदेश सभा सचिवालयले जनाएको छ । यसअघि बागमती प्रदेशका तीन मन्त्रीले पुस १० गते राजीनामा दिएका थिए । तत्कालीन अबस्थामा प्रचण्ड–माधव नेपाल पक्षमा रहेका आन्तरिक मामिलामन्त्री शालिकराम जम्मकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग पर्यटन वनमन्त्री अरुण नेपालले संयुक्तरुपमा राजीनामा दिएका हुन् । पुस १० गतेदेखि रिक्त रहेका तीन मन्त्रालयमा र १ राज्यमन्त्री थप गरि बुधबार पौडेलले नयाँ मन्त्री नियुक्त गरेका हुन् ।

Advertisement