August 9, 2022, Tuesday
२४ श्रावण २०७९, मंगलवार

यी हुन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)

यी हुन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)

वैशाख १५, काठमाडौं ।
सरकारले विभिन्न १४ वटा निर्णहरु सार्वजनिक गरेको छ । सरकारले वैशाख ६, ९ र १३ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेको हो । बैठकले सरकारले जसपाका कार्यकर्ताको मुद्दा फिर्ता लिनेदेखि त्रिदेशीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाललाई उपाधि दिलाउने खेलाडी र प्रशिक्षकहरूलाई पुरस्कार दिनेसम्मका निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सो कुराको जानकारी दिएका हुन् ।

Advertisement

उनका अनुसार सरकारले नेपाल सरकार बादी रहेका १५ वटा मुद्दामा एक सय २० जनाको मुद्दा फिर्ता लिएको छ । मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयको प्रस्तावमा दीगो खानेपानी तथा सरसफाई आयोजना कार्यान्वयन गर्न फिनल्याण्ड सरकारबाट प्राप्त हुने ९ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयकै अर्को प्रस्तावमा मिलेनियम च्यालेन्ज एकाउन्ट नेपालका लागि आवश्यक बजेट व्यवस्थापन गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

Advertisement

युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट सहभागी विजेता २३ जना खेलाडीलाई प्रतिव्यक्ति ४ लाख तथा तीन जना प्रशिक्षकलाई जनही २ लाखका दरले प्रमाणपत्र र नगद रकमसहित सम्मान गरिने भएको छ । यस्तै मन्त्रिपरिषद् बैठकले पर्याप्त अक्सिजन सिलिन्डर उपलब्ध हुने गरी आयात गर्ने निर्णय पनि गरेको छ । सिलिन्डर तत्काल खरिद गर्न सम्भव नभएमा सहायतास्वरूप प्राप्त गर्न कूटनीतिक पहल गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरूको सूची तल हेर्नुहोस्ः 

mantriparisad-nirnaya-Baisakh-13