April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

वैशाख १९, काठमाडौं ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार राजीनामा दिएका हुन्। आइतबार बिहान प्रदेशप्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले स्रोतले बतायो। संविधानको धारा १६८ को २ बमोजिम नेकपाबाट मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन गर्न मार्गप्रशस्त गर्न भन्दै राजीनामा बुझाएका हुन् ।

संविधानको धारा १६९ को १ अनुसार राजीनामा बुझाइएको राजीनामापत्रमा उल्लेख छ । नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न भन्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको बुझिएको छ । उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्ताव आज प्रदेशसभाको विशेष अधिवेशनमा पेस हुँदै थियो ।

Advertisement