March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

काठमाडौँ, १९ वैशाख ।नेकपा एमालेको स्थायी कमिटी बैठक भर्खरै सकिएको छ । बैठक सकिनासाथ प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएका छन् । शीतल निवास स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओली  करिब साँढे १ बजे शितल निवास पुगेका हुन् । 


एमालेले बालुवाटारमा स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको थियो । बैठकमा भएको छलफल तथा निर्णय बाहिर आइसकेको छैन । केन्द्र र प्रदेशको राजनीति तातिएको बेला राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।  

Advertisement