February 8, 2023, Wednesday
२५ माघ २०७९, बुधबार

मेडिकल कलेज र ठूला अस्पताललाई कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने

मेडिकल कलेज र ठूला अस्पताललाई कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने

सरकारले धेरै शैय्या भएका मेडिकल कलेज र ठूला सरकारी तथा नीजि अस्पताललाई कोरोना संक्रमितको उपचारमा प्रयोग गर्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीको नाममा गरेको सम्बोधनका क्रममा सो कुरा बताएका हुन् । सम्वोधनमा प्रधानमन्त्री ओलीले वीर अस्पतालको नयाँ भवन र त्रिचन्द्र मिलिटरी अस्पताललाई कोभिड अस्पताल बनाउने बताए ।

Advertisement

प्रदेश सरकारले पनि उक्त प्रदेशमा रहेका मेडिकल कलेज र ठूला अस्पताललाई कोभिड अस्पतालको रुपमा र साना अस्पताललाई ननकोभिड अस्पतालको रुपमा संचालन गर्ने बताए। यस्तै खुला स्थान, रंगशाला, पार्टी प्यालेस लगायतलाई क्वारेन्टिनको रुपमा विकसित गरिने पनि ओलीले बताए ।

Advertisement

कोरोना नियन्त्रण तथा रोकथाममा सवै सरकारी संयन्त्र र स्रोत साधन परिचालन गर्ने भन्दै अस्पतालहरुले अस्पतालहरुले शैयाया लुकाएमा कारवाही हुने बताएका हुन् ।  ‘कुनै अस्पतालले विवरण पुरा नपठाइ शैया लुकाएको भेटिएमा कारवाही हुनेछ । ठुला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्ट उत्पादन गरिने छ’ प्रधानमन्त्री ओलीले कोभिडका औषधिको कृतिम अभाव गर्नेलाई समेत कडा कारवाही गर्ने बताए ।

उनले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको भन्दै त्यसका लागि सरकारको सबै संयन्त्र परिचालित रहेको ओलीले बताए । ओलीले ३० जिल्लामा २०० भन्दा कोरोना संक्रमित रहेको  र १५ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेको बताए । उनले कोरोनाविरुद्ध लड्नका लागि खोप अभियानलाई प्रभावकारी बनाउन लागिपरेको पनि बताए । ओलीले प्रदेश केन्द्रीत हुने गरी सरकारका मन्त्रीलाई एक एक जनाका दरले फोकल व्यक्ति तोकिएको पनि बताए ।

कोरोना संक्रमितको उपचार र सेवामा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलब मानको थप ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ । उनले त्यस्ता स्वास्थ्यकर्मी तथा कर्मचारीको परिवारको उपचार र बीमाको व्यवस्था गरिने पनि बताए । यस्तै स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई १ वर्षमा करारमा भर्ना गरिने  पनि ओलीले बताए ।

उनले निषेधाज्ञा थप कडाइ गर्न लागिएको भन्दै ओली २० गते रातिदेखि आन्तरिक र २३ गतेदेखि बाह्य उडान बन्द गर्ने निर्णय सरकारले गरेको पनि ओलीले बताए । यस्तै नेपाल भारतबीचको १३ नाका मात्रै सञ्चालन ल्याइएको पनि ओलीले बताए ।