January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

संवैधानिक परिषद् बैठकः संवैधानिक अंगका पदाधिकारी नियुक्तिको सिफारिस

संवैधानिक परिषद् बैठकः संवैधानिक अंगका पदाधिकारी नियुक्तिको सिफारिस

वैशाख २६, काठमाडौं ।
संवैधानिक परिषद्को बैठक सकिएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले लोकसेवा आयोगलगायत संवैधानिक आयोगमा रिक्त रहेका पदहरूमा विभिन्न व्यक्तिको नियुक्तिका लागि सिफारिस गरेको छ ।

परिषद सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकले संवैधानिक आयोगमा नियुक्ति सिफारिस गरेको र सबै निर्णय लिपिबद्ध भएपछि औपचारिक प्रक्रियाबाट नाम सार्वजनिक गरिने बताए । विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाले बहिष्कार गरेको बैठकले देउवाको समेत कोटाबाट केही सदस्य सिफारिस गरेको स्रोतले जनाएको छ ।

Advertisement