March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

नेपाल-खनाल समुह सामुहिक राजिनामा दिन सिंहदवारमा

नेपाल-खनाल समुह सामुहिक राजिनामा दिन सिंहदवारमा

काठमाडौं । नेकपा (एमाले) का नेता माधवकुमार नेपाल समूहले माग पूरा गर्न दिएको समयसीमा समाप्त भएको छ । समय सकिएपछि खनाल–नेपाल समूहका सांसदहरु अहिले सिंहदरबारमा भेला भएका छन् । उनीहरुले आज सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

Advertisement

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई खनाल–नेपाल समूहले आइतबार २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने र आगामी दिनमा पार्टी सहमतिका आधारमा अघि बढाउनुपर्ने प्रतिबद्धता खोजेको थियो ।

Advertisement

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेपाल समूहले आइतबार २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने र आगामी दिनमा पार्टी सहमतिका आधारमा अघि बढाउनुपर्ने प्रतिवद्धता खोजेको थियो ।

तर प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारीअनुसार अब नेपालसँग वार्ताको कुनै औचित्य भएको निष्कर्षमा प्रधानमन्त्री पुगेका छन् । अव नेपाल खनाल समुहले सामुहिक राजिनामा दिने छन् । जस्ले ओली सरकार औपधारिक रुपमा सत्ता बर्हिगमनमा पुगेको छ ।