January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

ओलीको प्रस्ताव बहुमतले अस्वीकृत, प्रधानमन्त्री स्वतः पदमुक्त

ओलीको प्रस्ताव बहुमतले अस्वीकृत, प्रधानमन्त्री स्वतः पदमुक्त

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।

Advertisement

प्रस्तावको पक्षमा ९३ मत परेको छ । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा बहुमत सभासदले मतदान गर्दा हँुदा १२४ जना सभासदले हुन्न भन्दै ओली सरकारको विपक्षमा मतदान गरेका छन् । सोमबार प्रतिनिधिसभामा भएको मतदानमा २३२ सांसदहरु सहभागी थिए । तीमध्ये १५ सांसदहरु तटस्थ बसेका थिए । एमालेको माधव नेपाल पक्षका सांसद अनुपस्थित रहे । त्यस्तै राप्रपा सांसद राजेन्द्र लिङ्देन पनि अनुपस्थित रहे ।

Advertisement

दल त्यागसम्बन्धी व्यवस्थाअनुसार नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि मन्त्री प्रभु साह, टोपबहादुर रायमाझी, लेखराज भट्ट र गौरीशंकर चौधरीको स्थान रिक्त छ । सांसद रेशम चौधरी, मोहम्मद अफताब आलम, विजयकुमार गच्छदार र हरिनारायण चौधरी निलम्बनमा छन्, उनीहरुलाई मत जाहेर गर्ने अधिकार छैन ।


प्रधानमन्त्री ओलीको सम्बोधन, विपक्षी दलका नेताहरुको सम्बोधन र त्यसमाथि पुनः ओलीको जवाफपछि संसदमा मत विभाजन भएको हो । प्रतिनिधि सभा सदस्यहरूले मतदान गरिरहेके पछि सभामुख अग्नी प्रसाद सापकोटाले निर्णयक मत सार्वजनिक गरेका हुन् ।

यस अगाडि मत विभाजनका लागि सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै निर्वाचन प्रक्रियाका बारेमा जानकारी गराएका थिए । मत विभाजनका लागि हुन्छ, हुन्न र दिन्न भन्ने तीन तरिका व्यवस्था गरिएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत प्रस्तुत गरी उक्त प्रस्तावका पक्षमा मतदान गर्न आग्रह गरेका थिए । विश्वासको मत लिने सन्दर्भमा यस पटकको विशेष व्यवस्थाका रुपमा कोरोना संक्रमणबाट प्रभावित सांसदका लागि बेग्लै कक्षमा मतदानको व्यवस्था गरिएको थियो । प्रतिनिधि सभाको अर्को बैठक बिहीबार दिउँसो १ बजेका लागि राखिएको छ।