January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

तीन पाटीले गरे नयाँ सरकार गठनको आह्वान

तीन पाटीले गरे नयाँ सरकार गठनको आह्वान


नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले नयाँ सरकार गठनका लागि प्रक्रिया आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएपछि अब स्वतः पदमुक्त भएपछि तीन दलले सरकार गठनको लागि आह्वान गरेका हुन् ।

Advertisement