March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

तीन दिनभित्र नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्वारा आह्वान

तीन दिनभित्र नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्वारा आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त भएसँगै राष्ट्रपतिले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (२) अनुसार वहुमतको सरकार गठनका लागि दलहरुलाई आह्वान गरेसागै बहुमत पुर्याउने दलले अव नयाँ सरकार गठन गर्ने छ ।
उनले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा वढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई बिहीबारका साँझ ९ बजेभित्र प्रधानमन्त्री पदमा दावी पेश गर्न भनेकी छन्।

यस अगाडि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले नयाँ सरकार गठनका लागि प्रक्रिया आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएपछि अब स्वतः पदमुक्त भएपछि तीन दलले सरकार गठनको लागि आह्वान गरेका समय शीतलनिवास बाट तीन दिन भित्र सरकार गठनको लागि आह्वान भएको हो ।

Advertisement