January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

ओलीले बोलाए स्थायी समिति बैठक

ओलीले बोलाए स्थायी समिति बैठक

वैशाख ३०, काठमाडौं ।
नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार बनाउन दिएको समय आज बेलुका ९ बजे सकिन लागेको बेला रणनीति तय गर्न एमालेको बैठक बस्न लागेको ओली निकट एक स्थायी समिति सदस्यले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिन असफल भएपछि नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिन लागेको हो । यस्तै राष्ट्रपति भण्डारीले दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई आज वैशाख ३० गते साँझसम्ममा प्रधानमन्त्री पदमा दावी पेश गर्नलाई आह्वान गरेकी छन् ।

काँग्रेसको नेतृत्वमा सरकार गठनको पहलले सार्थकता पाउन नसकेको बेला एमाले छलफलमा जुटेको छ । आजै विहान विष्णु पौडेलले नेता नेपाललाई उनकै निवासमा पुगेर ओली र नेपालबीच वार्ताको वातावारण मिलाएको बुझिएको छ ।

Advertisement