January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

ठाकुरको देउवालाई ग्रिन सिग्नल, बोलाए पदाधिकारी बैंठक

ठाकुरको देउवालाई ग्रिन सिग्नल, बोलाए पदाधिकारी बैंठक


भनिन्छ–‘राजनीति कहिल्यै सरल रेखामा हिँड्दैन । राजनीति त सम्भावनाको खेल हो ।’ यही सम्भवाना नेपाली राजनीतिमा यतखिेर खोजी भएको छ । गणितीय जोडघटाउ रुमालिएको नेपाली राजनीति यतिखेर कस्ले दाउ लगाउने भन्नेमा केन्द्रीत छ । अहिलेको अवस्थामा एमाले बाहेकको गठबन्धन भनेको भ्यागुताको धार्नी हो भन्ने बुझाईलाई तोडन प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेस कम्मर कसेर लागेको छ । यसका राम्रा जानकारी प्रधानमन्त्री केपी शर्मा ओली यस्लाई तोडन लागि परेका छन् ।


नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा अपरान्ह ४ बजे पदाधिकारी बैठक बोलाइएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । देउवाले जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसँगको छलफलपछि पदाधिकारी बैठक बोलाएका हुन् । बुढानिलकण्ठ स्रोतमा अनुसार सिंगो जसपाको समर्थन जुट्ने सम्भावना बढेको छ । ठाकुर र महतोले देउवालाई ग्रिन सिग्नल दिएर फर्किएको स्रोत बताउँछ । उद्यपी जसपा नेता ठाकुर र महतोले केही शर्तहरु राखेका छन् । स्रोतका अनुसार देउवासँगको भेटमा महन्त आफैले प्रधानमन्त्री पाउने लाइनबाट कुरा गरेका थिए । जुन कुरा देउवालाई स्वीकार्य भएन । हुनत जसपाकै अर्का नेता डा बाबुराम भटट्राईले सामाजिक संजालमा नयाँ गठबन्धनको प्रधानमन्त्री चुन्नेकुरा सार्वजनिक गरेका थिए । उनले संजालमा हालसम्म प्रधानमन्त्री नभएको नयाँ पात्र चुनै भनेका थिए । जसको अर्थ थियो ठकुरलाई प्रधानमन्त्री बनाउनु । जुन कुरा काग्रेसलाई पछिल्लो राजनैतिक समिकरण अनुसार सहज थिएन् । त्यसैले देउवा केन्द्रीय पदाधिकारीको बैंठक डाकेका हुन् । यसैको तयारी स्वरुप देउवाले केन्द्रीय पदाधिकारी बैंठक बोलाएका हुन् ।

बैठकमा नेकपा एमालेको माधव नेपाल पक्षसँग अध्यक्ष केपी ओलीले विवाद मिलाउन गरिरहेको प्रयास र नेपाल पक्ष एकजुट भएको अवस्थामा बहुमतको दाबी गर्न सकिने सभावना बढेर गएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति नौ बजेसम्ममा संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि दाबी प्रस्तुत गर्न दलहरूलाई आह्वान गरेकी छन् । सो समयभित्र बहुमत जुटाएर राष्ट्रपति समक्ष निवेदन दिन काँग्रेसले अप्ठेरोमा परेको छ ।

Advertisement