March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

वैशाख ३०, काठमाडौं ।
नेकपा माओवादी केन्द्रले स्थायी कमिटिको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि अध्यक्ष प्रचण्डलेस्थायी कमिटिको बैठक बोलाएका हुन् । बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा पाँच बजे बोलाइएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

बैठकमा सरकार गठनका लागि भइरहेका प्रयासबारे अध्यक्ष प्रचण्डले जानकारी गराउने बताइएको छ । त्यसअघि अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटका क्रममा राष्ट्रपतिले दिएको समयभित्र नयाँ सरकार गठनको दाबी गर्ने सहमति गरेका थिए ।

Advertisement