January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

प्रधानमन्त्री ओलीले साढे २ बजे शपथ लिने

प्रधानमन्त्री ओलीले साढे २ बजे शपथ लिने

काठमाडौँ – पुनः प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार साढे २ बजे पद तथा गोपनियताको शपथ लिने भएका छन् ।

प्रतिनिधिसभामा विश्वासको मत गुमाएको तीन दिनमै फेरि प्रधानमन्त्री नियुक्त भएका ओलीले राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति ओलीलाई संविधानको धारा ७२ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । संविद्यान अनुसार अवको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।


राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई आज साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दावी पेश गर्न यही वैशाख २७ गते तीन दिनको समयसीमा तोकेर आह्वान गरिएको थियो । उक्त अवधिमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दलले बहुमत सदस्यको दावी पेश गर्ने कोशिश गरे पनि ती असफल भएका थिए ।

Advertisement