January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

ओलीले लिए तेस्रोपटक प्रधानमन्त्रीको शपथ

ओलीले लिए तेस्रोपटक प्रधानमन्त्रीको शपथ

वैशख ३१, काठमाडौं ।
केपी शर्मा ओलीले तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिएका छन्। शुक्रबार शीतलनीवासमा आयोजित समारोहमा राष्ट्रिपति विद्यादेवी भण्डारीले उनलाई शपथ गराएकी हुन् । संविधानको धारा ७६ (३) अनुसार बिहीबार राति एमालेका अध्यक्ष ओलीलाई राष्ट्रपति भण्डारीले संसदको ठूलो दलको नेताको हैसियतमा पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

विपक्षी गठबन्धनले धारा ७६ (२) अनुसार बहुमतको दाबी नगरेपछि उनलाई नियुक्त गरिएको थियो ।शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति छ ।

तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले नेपालको ४३ औं प्रधानमन्त्रीको रूपमा शपथ लिएका हुन् । सँगै कम्युनिष्टबाट धेरैपटक प्रधानमन्त्री बन्ने ओली पहिलो व्यक्ति हुन् ।

Advertisement