March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

सत्तारुढ नेकपा एमाले आपसी विवाद सहमति तर्फ

काठमाडौं । सत्तारुढ नेकपा एमाले आपसी विवाद सहमतिमा गएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीलाई २०७५ साल जेठ २ अगाडि कै अवस्थामा फर्कन सहमत भएपछि विवाद समाधानतीर गएको हो । यो भनेको नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअघिको अवस्थामा फर्काउन सहमत भएपछि एमाले विवाद सहमतितर्फ गएको हो । शुक्रवार भएको वार्ता सकारात्मक भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच हिजो आफ्ना पक्षका नेताहरुसहित फेरि वार्ता भएको थियो ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा नेपाल समूहको मागअनुसार जेठ २ मा फर्किने सहमति भएको नेपाल समुहको दावी छ । जेठ २ मा फर्किएर समस्याको समाधान खोज्ने र त्यसका लागि कार्यदल बनाउने सहमति भएको हो । नेताका अनुसार अब बन्ने कार्यदलले माओवादी केन्द्रबाट आएका नेताहरुदेखि २ जेठमा फर्किँदा कायम हुने एमालेको संरचना र त्यसको नेतृत्वबारे निर्णय गर्नेछ ।

Advertisement