March 28, 2023, Tuesday
१४ चैत्र २०७९, मंगलवार

कांग्रेसले बोलायो संसदीय दलको कार्यसमिति बैठक

कांग्रेसले बोलायो संसदीय दलको कार्यसमिति बैठक

जेठ ४, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको कार्यसमितिको बैठक बोलाएको छ । बुधवार दिउँसो २ बजेका लागि कार्यसमितिको बैठक बोलाइएको राष्टिय सभाका कांग्रेस सांसद प्रकाश पन्थले बताए ।

मुलुकको समसामयिक घटनाक्रमबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको नेताहरूले बताएका छन् । सरकारले संसदको बजेट अधिवेशन बोलाउन ढिलाइ गरिरहेको समयमा प्रतिपक्षी दलले संसदीय दलको कार्यसमिति बैठक बोलाएको हो ।

Advertisement