कांग्रेस संसदीय दल कार्यसमिति बैठक बस्दै
- वाणिज्य न्युज
- ५ जेष्ठ २०७८
591
SHARES
जेठ ५, काठमाडौं ।
नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो साढे २ बजे नयाँ बानेश्वर स्थित संसद भवनको ल्होत्से हलमा बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धी छलफल तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा लिने विश्वासको मत प्रक्रियामा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने बताइएको छ ।
गत बैशाख ३१ गते संसदमा प्रतिनिधित्व गर्ने ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका ओलीले त्यसको ३० दिनभित्र विश्वासको मत नलिइन पूर्ण बजेट ल्याउन नमिल्ने कांग्रेसले बताउँदै आएको छ।



-
कास्कीको किसानलाई अनुदानमा कृषि उपकरण दिँदै
८ चैत्र २०७९ -
आठ महिनामा १६ अर्बको ११ लाखवटा स्मार्टफोन भित्रिए
९ चैत्र २०७९
प्रतिकृया दिनुहोस्