March 28, 2023, Tuesday
१४ चैत्र २०७९, मंगलवार

माओवादीको स्थायी कमिटी बैठक बस्दै, कोरोना नियन्त्रणसम्बन्धी कार्यक्रम घोषणा हुने

माओवादीको स्थायी कमिटी बैठक बस्दै, कोरोना नियन्त्रणसम्बन्धी कार्यक्रम घोषणा हुने

जेठ ६, काठमाडौं ।
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बिहीबार बस्दैछ । केन्द्रीय सदस्य शशी श्रेष्ठका अनुसार बैठक पार्टी कार्यालय पेरिसडाँडामा विहान ११ बजेदेखि शुरु हुँदैछ । माओवादी केन्द्रले बैठकपछि कोरोना नियन्त्रणसम्बन्धी कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार मात्र चिकित्सक, स्वास्थ्यकर्मी र विज्ञहरुसँग परामर्श गरेका थिए । हिजो पनि यही विषयमा केन्द्रित भएर माओवादीको स्थायी कमिटी बैठक बसेको थियो । कोरोना नियन्त्रणमा सरकार पूर्ण असफल भएको भन्दै माओवादी नेताहरु आलोचना गर्दै आएका छन् ।

Advertisement