May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा विजयी

बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा विजयी

जेठ ६, काठमाडौं ।
वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी भएका छन् । हेटौँडामा आज भएको उपचुनावमा नेकपा एमालेका उमेदवार एवम् गृह मन्त्री रामबहादुर थापा बादललाई पछाडि पार्दै देवकोटा राष्ट्रिय सभा सदस्यमा विजयी भएका हुन् । देवकोटाले ५०८८ मतभार प्राप्त गरेका छन् भने पराजित थापाले ४०४१ मतभार प्राप्त गरेको प्रदेश सभा सदस्य युवराज दुलालले जानकारी दिएका छन् ।

देवकोटाको पक्षमा विपक्षी नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको असन्तुष्टपक्षसँगै बादललाई समर्थन गर्ने औपचारिक निर्णय लिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सदस्यहरु समेत उभिएका थिए ।

वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाए । त्यस्तै वाग्मती प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३३ जनाले मतदान गरेकामा देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत पाए ।

Advertisement