March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

वैकल्पिक सरकार गठनका लागि राष्ट्रपतिले दलहरुलाई दिइन् २१ घण्टा

वैकल्पिक सरकार गठनका लागि राष्ट्रपतिले दलहरुलाई दिइन् २१ घण्टा

काठमाडौं, जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् । आज बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेसँगै सरकारको सिफारिसमा राष्टपतिले बैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी हुन् । यसका लागि उनले दलहरुलाई जम्मा २१ घण्टा समय दिएकी छन् ।

उपधारा ५ मा प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कुनै सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । विपक्षी गठबन्धनले भोलि साँझसम्म दुई वा दुई भन्दा बढी दलको बहुमत पेश गर्नुपर्ने हुन्छ ।

हेर्नुहोस् राष्ट्रपति कार्यालयको पत्र

Advertisement