December 3, 2022, Saturday
१७ मंसिर २०७९, शनिबार

काँग्रेसको आकस्मिक बैठक, महाअभियोग र अविश्वासको प्रस्तावसम्मको बहस हुँदै

काँग्रेसको आकस्मिक बैठक,  महाअभियोग र अविश्वासको प्रस्तावसम्मको बहस हुँदै

राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको आकस्मिक बैठक बोलाएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहान ९ बजे पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दलका पदाधिकारीको बैठक बोलाइएको हो । राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावसम्म जाने काँग्रेसको तयारी रहेको नेताहरुले बताएका छन् ।
काँग्रेस नेता प्रदिप पौडेलका अनुसार बैठकमा राष्ट्रपतिलाई महाअभियोग, प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव र नयाँ सरकार गठनका सन्दर्भमा छलफल हुने छ । पौडेलले यो देशमा संविधान विधि, पद्दति केही पनि छैन भन्ने कुराको नमुना राष्ट्रपतिले देखाएकोले गर्दा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याउनु बाहेकको अर्को विकल्न नदेखिएको बताए ।


राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बेलुकी ५ बजेसम्म संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी छिन् । विहीबार बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेसँगै सरकारको सिफारिसमा राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी थिइन् । जसलाई काँग्रेसले संविधान विपरीत र अलोकतान्त्रिक भनेको छ ।


यसबारे काँग्रेस सभापति देउवाले पार्टीका नेताहरुसँग विहीबार साँझै टेलिफोन संवाद गरिसकेका थिए । नेताहरुसँगको कुराकानीपछि सभापति देउवा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध कडा कदम उठाउनुपर्ने निष्कर्षमा पुगेको छन् । काग्रेशका अन्य नेताले समेत संविधानको गम्भीर उल्लंघनको घटना एकपछि अर्को हुन थालेकाले काँग्रेसले कडा कदम चाल्नुपर्ने भनाई राख्दै आएका छन् ।

Advertisement