December 3, 2022, Saturday
१७ मंसिर २०७९, शनिबार

जसपा संसदीय दलको बैठक चल्दै, वैकल्पिक सरकार एजेन्डा

जसपा संसदीय दलको बैठक चल्दै, वैकल्पिक सरकार एजेन्डा

जेठ ७, काठमाडौं ।
वैकल्पिक सरकारका लागि निर्णायक रहेको जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक बैठक बसिरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेसँगै जसपाको संसदीय दलको बैठक बसेको हो । सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बसेको नेता राजेन्द्र महतोले जानकारी दिए । आजको बैठकमा १९ जना सांसदहरुको उपस्थिती हुने र ओली सरकारमा सहभागी हुने निर्णय गर्ने बताइएको छ ।

तर बैठकबारे आफूहरुलाई थाहा नै नभएको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका सांसदको भनाइ छ । सरकारको सिफारिसमा राष्ट्रपतिले ७६ (५) अनुसार सरकार बनाउन आह्वान गरेपछि बोलाइएको जसपाको बैठकलाई महत्वका साथ हेरिएको छ ।

अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले बिहिवार नै प्रधानमन्त्री केपी शर्मा ओलीसंगै शितलनिवास गएर राष्ट्रपति विद्या भण्डारीलाई आफ्नो समर्थन ओलीलाई रहेको भन्दै दावी पेश गरिसकेका छन् । आजको बैठकले सरकारलाई दिने समर्थनबारे औपचारिक निर्णय लिनेछ ।

Advertisement