December 3, 2022, Saturday
१७ मंसिर २०७९, शनिबार

दलहरु नयाँ सरकार गठनको कसरतमा

दलहरु नयाँ सरकार गठनको कसरतमा

राष्ट्रपति बिद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमाभित्र सरकार गठनको प्रयास दलहरुले सुरु गरेका छन् । त्यसका लागि सरकारबाहिर रहेका दलहरुले बिहानैबाट प्रयास थालेका हुन् ।

Advertisement

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बिहान आन्तरिक छलफल गर्ने र त्यसपछि द्विपक्षीय तथा सामुहिक छलफल अघि बढाउने जनाएको छ । काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पदाधिकारी बैठकमा पार्टीको धारणा तय गरी अन्य दलहरुसँग छलफल गर्ने बताए ।
माओवादी केन्द्रले पनि शीर्ष नेताहरुको अनौपचारिक छलफल सुरु गरेको छ । दिउँसो अध्यक्ष पुष्पकमल दाहालले काँग्रेस सभापति शेरबहादुर देउवा तथा अन्य दलका नेताहरुसँग छलफल गर्ने कार्यक्रम तय भएको छ ।


जनता समाजवादी पार्टी जसपाको ठाकुर–महतो पक्ष प्रधानमन्त्रीसँग नजिक रहेकाले उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले विकल्पका बिषयमा छलफल थालेको छ । यसअघि आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको जसपाले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई वैकल्पिक प्रधानमन्त्रीका रुपमा अघि सार्ने तयारी गरेको छ । नयाँ सरकारबारे निर्णय गर्न जसपाको ठाकुर महतो समुहले संसदीय दलको बैठक बोलाएको छ ।

यसअघि दलहरुले बहुमतीय सरकार गठन गर्न नसकेपछि ठुलो दलको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै नयाँ प्रधानमन्त्री नियुक्त गरिएको थियो । तर नियुक्तीपछि ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्नेमा प्रधानमन्त्री ओलीले त्यसो नगरी संविधानको धारा ७६ (५) बमोजिम सरकार गठन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । राष्ट्रपति भण्डारीले दिएको समयसीमा आज साँझ ५ बजे सकिदैछ ।