December 3, 2022, Saturday
१७ मंसिर २०७९, शनिबार

कांग्रसले बोलाएको सर्वदलीय बैंठकमा एमाले नेता माधव नेपाल पनि सहभागि

कांग्रसले बोलाएको सर्वदलीय बैंठकमा एमाले नेता माधव नेपाल पनि सहभागि


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपतिको कदम रोक्न भन्दै बोलाएको सर्वदलीय बैठकमा एमाले नेता माधवकुमार नेपाल सहभागि भएका छन् । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शुक्रवार कांग्रेसले सर्वदलीय बैठकमा बोलाएको छ । नेकपा एमाले भित्र सहमतिको प्रयास भइरहेको समयमा नेता नेपाल प्रतिपक्षी दलको सर्वदलीय बैठकमा सहभागि हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राष्ट्रपतिको कदम रोक्नु पर्ने माग सहित भएको सर्वदलीय बैंटकमा नेपाल पक्षले नयाँ अडान लिए मूलुकको राजनैतिक समिरण नै फेरबलद हुने छ ।


सर्वदलीय बैठकमा सहभागि हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागि छन् । त्यसअघि शुक्रवार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रपतिको कदम रोक्न दलहरूसँग छलफल गर्ने निर्णय गरेको थियो । त्यसअघि शुक्रवार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रपतिको कदम रोक्न दलहरूसँग छलफल गर्ने निर्णय गरेको थियो । संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय शुक्रवार सकिँदैछ ।

शुक्रवार साँझ ५ बजेसम्मको समय दिएर राष्ट्रपति भण्डारीले बिहीवार धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी गर्न आउन प्रतिनिधि सभाका सदस्यहरूलाई आग्रह गरेकी थिइन् । सोही अनुसार नेताहरु आपसि छलफलमा सहभागी भएका हुन् ।

Advertisement