December 3, 2022, Saturday
१७ मंसिर २०७९, शनिबार

जसपाका ठाकुर पक्ष फेरि तठस्थ बस्ने, गरे बैठक स्थगित

जसपाका ठाकुर पक्ष फेरि तठस्थ बस्ने, गरे बैठक स्थगित


नेपालको राजनीतिको केन्द्रविन्दु झैं देखिएका जनता समाजवादी पार्टी महन्थ ठकुर पक्ष आजको सत्ता समिकरणमा तठस्थ बस्ने भएका छन् । परिमण जसपाको कार्यकारिणी समितिको बैठक महन्थ ठाकुरले एकपक्षीय रुपमा स्थगित गरेका छन् ।

Advertisement


शुक्रवार बस्ने भनिएको जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरबीच सहमति भएर बैठक आह्वान गरिएको थियो । तर एकाएक ठाकुरले विज्ञप्ति जारी गरी बैठक स्थगित गरेका छन् ।

यसअघि पनि अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाउन माग गरेपनि अध्यक्ष ठाकुरले कोरोना महामारीको कारण देखाउँदै बैठक बोलाउन मानेका थिएनन् । यसपटक पनि कोरोनाको कारण देखाउँदै बैठक स्थगित गरिएको हो ।

आज प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा भएको वर्तामा नयाँ सरकारको लागि ठकुरालाई पनि प्रधानमन्त्री बनाएर भएपनि सत्ताबाट केपी ओलीलाई हटाउनु पर्ने धारण राखेका थिए । तर ठाकुर पक्ष आफै थठस्थ बस्ने निर्णय गरेर देशको राजनीतिक निकाशलाई थप जटिल बताएका छन् ।