September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

विपक्षी गठबन्धनको बैठक सिंहदरवारमा शुरु

विपक्षी गठबन्धनको बैठक सिंहदरवारमा शुरु


विपक्षी गठबन्धनको बैठक सिंहदरवारमा शुरु भएको छ । बैंठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेता सहभागी छन् । बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई, सत्तारढ दलकै नेता माधव कुमार नेपाल लगायत छन् ।


वैकल्पिक सरकार गठन र राष्ट्रपतिमाथि महाअभियोग लगाउने विषयमा विपक्षी दलहरुको निर्णायक वर्ता भएको हो । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा छलफलमा जुटेका थिए । त्यहाँ भएको सहमतीअनुसार आ–आफ्नो पार्टीमा छलफल गरेर सबै दल निर्णायक छलफलमा सहभागी भएका हुन् ।

Advertisement


बूढानीलकण्ठमा भएको छलफलमा राष्ट्रपतिलाई महाअभियोग लगाउने र जसरी पनि वैकल्पिक सरकार गठन गर्ने पक्षमा दलहरुबीच मोटामोटि सहमति भएको बताइएको छ ।

दलहरुबीच माधव नेपाल नेतृत्वमा सरकार बनाउने सहमतिको नजिक पुगेका छन् । केपी ओलीले विश्वासको मत नलिने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आजै साँझसम्मको समय दिएकी कारण दलले आझै साझा उमेदवार दिनुपर्ने छ ।