September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

देउवालाई प्रधनमन्त्री बनाउँन १४९ सांसदको हस्ताक्षरसहित नेताहरु शीतलनिवास

देउवालाई प्रधनमन्त्री बनाउँन १४९ सांसदको हस्ताक्षरसहित नेताहरु शीतलनिवास

७ जेठ, काठमाडौं । संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि दावी पेश गर्न विपक्षी दलहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधनमन्त्री बनाउन माग गर्दै १४९ सांसदको हस्ताक्षरसहित नेताहरु शीतलनिवास पुगेका हुन् ।

गठबन्धनबाट प्रस्तावित प्रधानमन्त्री तथा काँग्रेस सभापतिसहित माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल समूहका नेताहरु दावी पेश गर्नका लागि शीतल निवास पुगेका हुन् ।

Advertisement

विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएका छन् । सरकारमा दावी गर्नका लागि राष्ट्रपति कार्यालयमा जाने प्रयोजनका लागि काँग्रेस संसदीय दलको कार्यालयमा सो संख्यामा हस्ताक्षर जुटाइएको हो ।