September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

मन्त्रिपरिषद बैठक निर्णय : “संसद भंग, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव “

मन्त्रिपरिषद बैठक निर्णय : “संसद भंग, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव “

काठमाडौं, जेठ । सरकारले संसद भंग गर्न र मध्यावधि चुनाव गर्न सिफारिस गरेको छ । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुबै दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरे लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका थिए ।

मन्त्रिपरिषदको आजको बैठकले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन हुन नसकेपछि धारा ७६ को उपधारा ७ अनुसार निर्णय गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गरिएको एक मन्त्रीले बताए ।

Advertisement