September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचनको घोषणा

प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचनको घोषणा

काठमाडौं, जेठ ८ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी कातिक २६ गते पहिलो चरण र मङ्सिर ३ गते दोस्रो चरणका निर्वचनको घोषणा गरेकी छन् ।

Advertisement

यस अघि मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदका लागि केपी शर्मा ओली र शेरबहादुर देउवाले पेश गरेको दावी अस्वीकार गरे पछि मन्त्रिपरिषद्ले सो निर्णय गरेको थियो । राष्ट्रपतिले २१ घण्टाको समय दिएर संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि संसदको विश्वासको मत प्राप्त गर्ने आधार पेश गर्न आह्वान गरेपछि ओली र देउवाले दाबी पेश गरेका थिए ।

Advertisement

देउवाले आफ्नो दल कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमाले माधव नेपाल समूहका २६, जसपा उपेन्द्र यादव समूहका १२ र राष्ट्रिय जनमोर्चाका एक गरी १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री नियुक्तिका लागि दाबी गरेका थिए ।ओलीले भने एमालेका १२१ र जसपाका ३२ सांसदले आफूलाई साथ दिने दाबी गरेका थिए । राष्ट्रपति भण्डारीले भने दुबैको समर्थनकर्ता भनिएका सांसदहरु एकअर्कामा दोहोरो परेको, दलको निर्णय विपरित एकले अर्कालाई समर्थन गरेको र संम्बन्धित दलले मान्यता नदिन लेखेर आएकाले संसदको विश्वासको मत प्राप्त गर्ने ठोस आधार नदेखिएको बताएकी छन् ।

त्यसैले दुबै दाबीकर्ताको दाबी नपुग्ने देखिएकाले प्रधानमन्त्री पदमा नियुक्त गर्न मिल्ने नदेखिएको राष्ट्रपतिको निर्णयमा उल्लेख छ । अब संसद विघटन, मध्यावधिको घोषणा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त हुन नसकेपछि अब संसद विघटन र मध्यावधि निर्वाचनको बाटो खुलेको छ ।