September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

राष्टपति र प्रधानमन्त्रीबाट संविद्यानको सामुहिक बलात्कार : विश्वप्रकाश शर्मा

राष्टपति र प्रधानमन्त्रीबाट संविद्यानको सामुहिक बलात्कार : विश्वप्रकाश शर्मा

काठमाडौं, ८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्टपति र प्रधानमन्त्रीिबाट संविद्यानको सामुहिक बलात्कार भएको प्रतिकृया दिएका छन् । उनले संविधानको सामूहिक बलात्कार दूश्परिणाम महँगो पर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र राष्टपति विद्यादेवी भण्डारीलाई चेतावनी दिएका छन् । मन्त्रिपरिषदको बैठकले संसद विघटन गर्न सिफारिश गरेर प्रतिनिधिसभाको नयाँ मिति घोषणा गरेलगत्तै कांग्रेस प्रवक्ता शर्माको सामाजिक संजाल मार्फत यस्तो टिप्पणी आएको हो ।


उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्,- ‘अहंकारको वृक्षमा विनाशको फल लाग्छझ, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो ! बुझि राख्नु रास्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजि, महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ ! संविधानको सामुहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ ।’

Advertisement