September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

पाँच दलिय गठबन्धनले राष्ट्रपतिको कदमविरुद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने (वक्तव्य)

पाँच दलिय गठबन्धनले राष्ट्रपतिको कदमविरुद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने (वक्तव्य)


विपक्षी गठवन्धनले राष्ट्रपतिको कदमविरुद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ । आज बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालसहितको बैठकले प्रतिवाद गर्ने निर्णय गरेको हो । बैंठकले राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी कदम चालेकोले गर्दा त्यस्को प्रतिवाद गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेमतो गरेर प्रतिनिधिसभा विघटन गर्ने वदनियतपूर्ण कार्य राष्ट्रपतिबाट भएको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

गठबन्धनको बैठकपछि जारी गरिएको संयुक्त वक्तव्यमा  प्रतिनिधिसभालाई रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कार्यप्रति घोर भर्त्सना र निन्दा गरिएको छ । 

Advertisement

‘राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गरी मुलुकमा राजनीतिक अनिश्चय , अन्योल र अराजकता सिर्जना गर्ने असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यका विरुद्ध एकताबद्ध भइ राजनीतिक र कानुनी रुपमा सशक्त किसिमले प्रतिवाद गर्न हामी कटिबद्ध छौं’, काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी दुर्गा पौडेलले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ ।